नियम १०
मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले गरेको आदेशउपर उजुर दिन सक्ने
(१) मुद्दाको कारबाहीको सिलसिलामा मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले गरेको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पन्ध्र दिन भित्र इजलास समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम परेको  निवेदनबाट त्यस्तो आदेश बेरीतको देखिन आएमा सम्बन्धित इजलासले आवश्यक देखेमा सात दिनसम्ममा कैफियत प्रतिवेदन माग गरी वा नगरी कानून बमोजिम गर्न लगाउनु पर्नेछ ।